सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
shilapatra.com · Tue Jul 28 07:02:04 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार मध्याह्न भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संसद् सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो ।
भेटका क्रममा नेता आङ्देम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यानाकर्षण गराउँदै देशमा शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)