कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
nagariknews.nagariknetwork.com · Mon Sep 28 01:15:47 GMT 2026

बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मर्स्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ। केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लागेका हुन्।
तीन जनाले जनही तीन लाख रुपैयाँ लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएका थिए। उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)