मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउन माग

barnanmedia.com · Sun Sep 21 21:43:04 GMT 2025

काठमाडौँ, ६ असोज : ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान’ले निजामती कर्मचारी, सुरक्षाकर्मीलगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाइ सहज र सुरक्षित कार्य वातावरण तत्काल निर्माण गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्त, दुरुस्त एवम् प्रभावकारी बनाउन आह्वान गरेको छ ।

अभियानले नेपालको सार्वजनिक प्रशासन रूपान्तरण गर्ने अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्दै जेनजी आन्दोलनको भावना अनुरुप भ्रष्टाचारको अन्त्य र सुशासनको बहालीप्रति पूर्ण सहमति जनाएको हो । अभियानले एक प्रेस विज्ञप्तिमार्फत भष्टाचारमुक्त र सुशासनयुक्त सार्वजनिक प्रशासन निर्माण गरी जेनजी आन्दोलनको मूल मर्म र भावनालाई कार्यान्वयन गर्न सम्बद्ध सबैको ध्यानाकर्षण गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)