कुलमानले लिए बदला: प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाएको दुई पटक नियुक्त, दुई पटक नै पीडित
barnanmedia.com · Sun Sep 21 22:07:58 GMT 2025

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि बनेको अन्तरिम सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ। आइतबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले शाक्यलाई हटाएर प्राधिकरणकै पूर्व उप-कार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। सरकारको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा पठाइएको छ भन्ने जानकारी गृहमन्त्री ओमप्रकाश अर्यालले दिएका छन्।
गत २०८१ चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। तर पाँच महिनापछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई हटाउँदै आफ्नो नजिकका सहयोगी मानिने सिलवाललाई नियुक्त गराएका छन्। घिसिङ ऊर्जा मन्त्रालयको नेतृत्वमा पुगेयता शाक्यलाई हटाउने चर्चा चल्दै आएको थियो। दक्षिण कोरियामा रहेका शाक्य शुक्रबार मात्रै फर्किएका थिए। आइतबार ऊर्जा मन्त्री घिसिङलाई भेटेर प्राधिकरणको कामबारे जानकारी दिँदै निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका शाक्यलाई केही घण्टामै पदबाट हटाइयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)