एसियाली खेलकुदमा सोमबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान
neplays.com · Mon Sep 28 02:39:00 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका सोमबहादुर कुमालले पुरुष ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। नागोया सिटीस्थित मिजुहो पार्कमा भएको प्रतिस्पर्धामा कुमालले १ मिनेट ४८ दशमलव ९५ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। नयाँ कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा भने पुग्न सकेनन्। २० धावकमध्ये कुमाल आठौँ स्थानमा रहे।
यस्तै, टेनिसको पुरुष डबल्समा अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली जोडीले मंगोलियाका खेलाडीलाई ६–२, ४–६ र १४–१२ को सेटमा पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)