पूर्ववर्ती ओली सरकारका निर्णय धमाधम उल्टिदै
barnanmedia.com · Sun Sep 21 22:29:51 GMT 2025

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्ववर्ती सरकारका निर्णय धमाधम उल्टयाउन थालेको छ । पूर्ववर्ती केपी ओली नेतृत्वको मन्त्रिपरिषद् र विभागीय मन्त्रीहरुले गरेका निर्णय उल्टाएर कांग्रेस, एमालेलाई चिढाउन थालिएको हो। यसले आमनागरिकमा भने सकारात्मक प्रभाव पार्ने प्रधानमन्त्री कार्की र मन्त्रीहरुले ठानेका छन्।
संयोग नै मान्नुपर्छ, ओली सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाएर हितेन्द्रदेवलाई ल्याएको थियो। तर, ऊर्जामन्त्री बनेका घिसिङले मन्त्रिपरिषद्बाट निर्णय गराएर हितेन्द्रलाई ऊर्जा आयोगको सचिवालयमा पठाएका छन्। उनले आफ्ना विश्वासपात्र मनोज सिलवाललाई ल्याएका छन्। अघिल्लो सरकारले डेडिकेडेट र ट्रंकलाइनको बक्यौता उठाउन आनाकानी गरिरहेका बेला यो सरकारले असुल गर्ने निर्णय गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)