मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा हुलाकी सडक विस्तार हुँदै

khabarhub.com · Sun Jun 07 10:38:42 GMT 2026

नेपालगञ्ज- बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)