एसियन गेम्स क्रिकेट छनोट : नेपालले फाइनलमा हङकङसँग खेल्ने
onlinekhabar.com · Sun Jun 07 10:41:35 GMT 2026

२४ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङसँग खेल्ने भएको छ । आइतबार दिउँसो भएको दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । शाहिद वासिफले ५९ रन बनाएर अविजित रहे । बाबर हायात २४ रनमा अविजित रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
टी-२० विश्वकप
काठमाडौँ