मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल पत्रकार महासंघद्वारा ९ बुँदे 'तिलाैराकाेट घाेषणापत्र' जारी

Ujyaaloonline.com · Sat Jan 15 09:20:55 GMT 2022

काठमाण्डाै – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ९ बुँदे घाेषणापत्र जारी गरेकाे छ । कपिलबस्तुको तिलाैराकाेटमा अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा पुस ३० गते बसेकाे बैठकले पत्रकार हकहित र प्रेस स्वतन्त्रताकाे विषय लगायत समेटिएकाे घाेषणापत्र जारी गरेकाे हाे ।

प्रेस स्वतन्त्रता हनन् तथा पेशागत असुरक्षाका घटनाक्रमहरु बढीरहेको भन्दै यसप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको घाेषणा पत्रमा उल्लेख छ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे विभिन्न प्रदेशमा बनेका र बन्दै गरेका विभिन्न कानूनहरु प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित प्रदेश सरकारहरुसँग आग्रह पनि गरिएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)