मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतको पाकिस्तानविरुद्ध लगातार दोस्रो जीत, १७२ रनको लक्ष्य १८.५ ओभरमै हासिल

kalakarmi.com · Sun Sep 21 23:14:56 GMT 2025

दुबई- भारतीय टिमले एशिया कप २०२५ मा पाकिस्तानमाथि लगातार दोस्रो जीत हासिल गरेको छ । आइतवार मध्य राति सम्पन्न भएको सुपर(४ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । भारतले पाकिस्तानविरुद्ध लगातार सातौं अन्तर्राष्ट्रिय खेल जितेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा पाकिसतानले दिएको १७२ रनको लक्ष्य भारतले १८।५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । भारतका लागि तिलक वर्माले १९औं ओभरमा शाहीन अफरीदीको बलमा पहिलो छक्का अनि त्यसपछि चौका प्रहार गर्दै भारतलाई जीत दिलाए । उनी १९ बलमा ३० रन बनाएर नटआउट फर्किए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)