मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘हर्ष’ को दोस्रो गीत ‘कुटु-कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

ratopati.com · Fri Nov 14 22:17:00 GMT 2025

काठमाडौं । एकता पौडेलको निर्देशनमा डेब्युमा फिल्म निर्माण ‘हर्ष’ को दोस्रो गीत ‘ कुटु-कुटु कस्तो माया लाग्यो बरिलै ’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक फिल्मको गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । गीतको भिडियोले दर्शकलाई फिल्म प्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतमा गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चाका आएका थिए । त्यसपछि गुमनाम जस्तै देखिएका गायक श्रेष्ठ आगामी मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘हर्ष’बाट पाश्र्व गायनमा प्रवेश गरेका हुन् । यो गीतले आफुलाई संगीतमा स्थापित गर्ने विश्वास उनको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)