थपिएका ५ मन्त्री को हुन ? ‘विज्ञ टोली’ले छान्दै केही नाम
rajdhanidaily.com · Sun Sep 21 23:20:06 GMT 2025

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ मन्त्री थपेका छन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल, स्वास्थ्य मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता मिश्रा, विकासविद् मदन परियारलाई मन्त्री बनाएकी छन् ।
प्रधानमन्त्री कार्कीले जेनजी युवाहरूसँग समन्वय गर्दै मन्त्री छनोट गरेकी हुन् । कार्कीनिकट ‘विज्ञ टोली’ले सामाजिक सञ्जालका सुझावदेखि जेनजी आन्दोलनको भावना र योगदानसमेतको मूल्यांकन गर्दै छनोटमा समन्वय गरेको हो । मन्त्रिपरिषद्को अर्को चरणको विस्तारमा जेनजी भावनाको प्रतिनिधित्व हुनेगरी छनोट गर्न विज्ञ टोली सक्रिय रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)