राष्ट्रपति चुनाव आज, बेलुका ८ बजेभित्र मत परिणाम घोषणा गरिने
Ujyaaloonline.com · Thu Mar 09 00:48:11 GMT 2023
काठमाण्डाै - राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
काठमाण्डौको नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)