मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेमीफाइनलमा भारतीय टीमले इङ्ल्याण्डलाई हरायो, अब फाइनलमा दक्षिण अफ्रीकासंग भिडन्त

kalakarmi.com · Fri Jun 28 00:06:09 UTC 2024

गुयाना– रोहित शर्माको कप्तानीमा भारतीय टीमले जारी टी२० विश्वकप २०२४ उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । भारतीय टीमले बिहीवार राति खेलिएको सेमीफाइनल प्रतिस्पर्धामा इङ्ल्याण्डको टीमलाई ६८ रनले पराजित गरेको छ । योसंगै भारतले इङ्ल्याण्डसंग दुई वर्ष पुरानो बदलासमेत लिएको छ ।

वास्तवमा, पछिल्लो टी२० विश्वकप २०२२ को सेमीफाइनलमा इङ्ल्याण्डले नै भारतीय टीमलाई १० विकेटले हराएर निराश बनाएको थियो । अहिले रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टीमले उक्त हारको बदला लिँदै फाइनलमा प्रवेश गरेको छ । दुबै टीमबीच सेमीफाइनल खेल गुयानाको प्रोभिडेन्स स्टेडियममा खेलिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)