निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी
emountaintv.com · Tue Jul 28 09:43:08 GMT 2026
काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छायाँ’ बनाउन नहुने बताउनुभएको छ ।मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको सुनुवाईका क्रममा आफ्नो धारणा राख्दै नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले आयोगलाई एक निष्पक्ष र स्वायत्त संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद केसीले लोकतन्त्रको सुदृढीकरणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्तै निर्वाचन आयोगको भुमिका पनि निर्णायक हुने उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)