रेडियो अन्नपूर्ण नेपालको स्टेशन म्यानेजरमा ठाकुर बेल्वासे
annapurnapost.com · Tue Jul 28 09:35:23 GMT 2026

काठमाडौं : रेडियो अन्नपूर्ण नेपालको स्टेशन म्यानेजरमा ठाकुर बेल्वासे नियुक्त भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनको निर्णयअनुरुप बेल्वासेलाई रेडियोको स्टेशन म्यानेजर र आगामी दिनमा सञ्चालन हुन लागेको युगदर्शन टेलिभिजनको समाचार प्रमुखको जिम्मेवारी दिने गरी नियुक्त गरिएको हो।
अन्नपूर्ण मिडियाको मुख्यालयमा मंगलबार आयोजित एक समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रधानसम्पादक बालकृष्ण बस्नेत, कार्यकारी निर्देशक लालबहादुर ऐरी लगायतले बेल्बासेलाई स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)