समानुपातिक पद्धति हटाए समावेशिता समाप्त हुन्छ : नेता पौडेल
lokaantar.com · Tue Oct 03 16:17:18 GMT 2023
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए ।
नेपाली कांग्रेस षडानन्द नगरपालिकाको प्रथम नगर सम्मेलनको आज भोजपुरको दिङलामा उद्घाटन गर्दै नेता पौडेलले समानुपातिक कोटामा आफ्ना निकटका व्यक्ति ल्याउने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले जनसङ्ख्या, समुदाय र जमिन अनुकूलको समावेशिता आवश्यक रहेको उल्लेख गरे । सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)