नक्कली नोट कारोबारी दुई पक्राउ
ekantipur.com · Thu Mar 16 16:55:34 GMT 2023
काठमाडौँ — जाली नोटको कारोबारको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नेपाली खोटा (जाली/नक्कली) मुद्रा चलनचल्तीमा ल्याउन लागेको गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका–८ घर भई काठमाडौं मालकबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भिमेश्वर नगरपालिका–७ घर भई सतुङगल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)