नाथ संस्कृति पृष्ठभूमि
gorkhapatraonline.com · Mon Sep 28 04:44:18 GMT 2026

प्राचीन योगिक आध्यात्मिक सम्प्रदाय हो– नाथ संस्कृति । यो संस्कृति योग, तन्त्र र सन्न्यासमा केन्द्रित छ । यसको मुख्य गुरु गोरखनाथलाई मानिन्छ, जसले बाह्र पन्थको स्थापना गरेका हुन् । यस सम्प्रदायको उत्पत्ति आदिनाथद्वारा प्रारम्भ भएको मानिन्छ । अठार पन्थको प्रारम्भिक अवस्थाबाट यसको विकास भएको मानिन्छ । नाथ संस्कृति मानवको इहलौकिक र पारलौकिक उन्नतिमा ध्यान केन्द्रित गर्छ । नाथ संस्कृति धार्मिक नेतृत्वको रूपमा राष्ट्रको गौरवका लागि जिम्मेवार छ ।
नेपाल सांस्कृतिक एवं सामाजिक बहुलता पहिचान भएको मुलुक हो । यहाँ विविध जातजाति, धर्म, संस्कृति, वर्ग, सम्प्रदायका मानिसको साझा बसोबास रहेको छ । साझा पहिचान भएको मुलुकको रूपमा नेपाल स्थापित छ । नाथ संस्कृति विशिष्ठ र अत्यन्त पृथक् संस्कृति हुनुका साथै मौलिक संस्कृति पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)