बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा सहकार्यका लागि निक्की–उद्योग मन्त्रालय छलफल
abhiyandaily.com
काठमाडौं (अस) । नेपालमा बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमानेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच छलफल भएको छ । संघका कार्यवाहक अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग भेट गरी उक्त विषयमा छलफल गरेको हो ।
सो अवसरमा संघका कार्यवाहक अध्यक्ष केसीले बौद्धिक सम्पत्तिको अधिकारमा विशेषगरी नेपालमा विदेशी लगानीमा सञ्चालित उद्योग तथा कम्पनीले भोग्नुपरेका कठिनाइहरू प्रस्तुत गरेका थिए । यसको निराकरणको विषयमा संघले एक कार्यक्रम गर्ने योजना बनाएको जानकारी गराउँदै उनले कार्यक्रम सम्बन्धी तयारी विवरण तथा कागजात पेश समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)