कैलालीमा युरिया मलका लागि कतै जाग्राम त कतै चिठ्ठा
ekantipur.com · Thu Dec 04 16:50:16 GMT 2025

धनगढी — सुदूरपश्चिममा यतिबेला युरिया मलको चरम अभाव भएपछि किसानहरू हैरान छन्। कैलालीको भजनी, कैलारी लगायतका क्षेत्रका किसानहरूले कतै रातभर जाग्राम बसेर पनि र कतै चिठ्ठा प्रक्रियाद्वारा पनि युरिया मल पाउन सकेका छैनन्।
भजनी नगरपालिकाका-९ सोनाफाँटाका राजाराम चौधरी परिवारका चार जना सदस्यहरू सोमबार भजनी-१ भजनीमा रहेको साना किसान सहकारीमा युरिया मलका लागि गए। तर उनीहरूले रातभर लाइनमा बसेर मंगलबारसम्म पनि मल पाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)