मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हात्तीको त्रास: घर भत्कियो, अन्न सखाप

ratopati.com · Sun Jul 20 19:13:00 GMT 2025

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्ला, साउन २ गतेको मध्यरात । रातको करिब १ः०० बजेको थियो । मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन् । अचानक भित्तो हल्लियो । उहाँलाई ठुलो जनावरले पर्खालमै हिर्काएजस्तो भयो ।

“पहिलोपल्ट त भूकम्प हो कि भनेर डराएँ”, मन्सराले सम्झिइन्, “बाहिर निस्किएँ, आँगनमा अँध्यारो थियो, तर छायाँजस्तो देखेँ– हात्तीको विशाल शरीर । एक सेकेन्ड पनि सोच्न सकिनँ, छोरालाई तानेर छिमेकीकहाँ भागेँ । धन्न भगवान्ले आमा छोराको ज्यानै जोगाए, हात्तीले तोडेको भित्तो (पर्खाल) नजिकै सुतेका थियौँ बाँच्यौँ, त्यस बेला केही सोचिन छोरा र आफ्नो ज्यान जोगिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्दै निस्किएँ”, उनी भन्छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)