पर्यटन मन्त्रालयको खर्च ५३% मात्र
ekantipur.com · Tue Aug 09 01:05:20 GMT 2022
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष ०७८/७९ मा २६ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये ५३ प्रतिशत अर्थात् १३ अर्ब ९९ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सोमबार मन्त्रालयका सहसचिव टोकराज पाण्डेले प्रस्तुत गरेको तथ्यांकअनुसार पर्यटन मन्त्रालयले गत आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजित २ अर्ब २४ करोड रुपैयाँमध्ये १ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ । वित्तीयतर्फ विनियोजित २० अर्ब रुपैयाँमध्ये ९ अर्ब मात्रै खर्च गर्न सकेको छ । चालु खर्चतर्फ भने ३ अर्ब ३४ करोड रुपैयाँमध्ये ३ अर्ब रुपैयाँ खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)