एसपीपी प्रकरणमा बदलाव : पहिले भागाभाग, अहिले जस लिने होड
onlinekhabar.com · Fri Jun 17 16:38:47 GMT 2022
३ असार, काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालको आवद्धताका लागि कसले माग गर्यो भनेर आरोप-प्रत्यारोपमा उत्रिएका राजनीतिक दलहरु अब कसले रोक्यो भन्ने जस लिने होडबाजी सुरु गरेका छन् ।
संसदको सबभन्दा ठूलो दल नेकपा एमाले बिहीबार दिनभर संसदमा एसपीपीलाई अगाडि बढाउन कांग्रेस नेतृत्वको सरकारले भूमिका खेलेको आरोप लगाउँदै थियो । तर, शुक्रबार बिहानसम्म आइपुग्दा एमालेको उक्त भनाइमा एकाएक बदलाव आएको छ । एमालेले जसको पालामा शुरु भए पनि एसपीपीमा संलग्न हुन नेपालले पहिलो पटक पत्राचार गरेको मिति सन् २०१५ को अवस्था र अहिलेको परिस्थिति फेरिएको बताउन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)