सुत्केरी बिदा ६ महिना बनाउने सरकारको प्रस्ताव, निजीक्षेत्रका जागिरेले पनि पाउने !
shilapatra.com · Tue Jul 28 11:24:00 GMT 2026

सरकारले सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना दिने तयारी गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । सुत्केरी बिदा थप तीन महिना बढाएर ६ महिनाको बनाउने गरी प्रस्ताव गरिएको यो विधयेक स्वास्थ्य मन्त्रालयले पारित गरी सर्वसाधरणको राय र सुझावका लागि सार्वजनिक गरिएको छ ।
अब यो विधयेक पारित भएमा सरकारी कार्यालयमा मात्र नभई निजी संस्थामा कार्यरत महिला कर्मचारीले समेत सुत्केरी बिदा ६ महिनाको पाउनेछन् । श्रम नियमावलीमा भएको व्यवस्थाअनुसार अहिले नेपालमा महिला कर्मचारीलाई सुत्केरी हुनुअघि वा पछि ९० दिनसम्मको तलबसहितको बिदा दिइँदै आएको छ । साथै, पुरुषहरूले समेत तलब भत्तासहित १५ दिन सुत्केरी स्याहार बिदा पाउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)