विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
nagariknews.nagariknetwork.com · Sun Jun 07 10:51:34 GMT 2026

जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रियाको गरिएको छ। जिल्ला अस्पतालमा यही जेठ १९ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको शिविरमा आङ (पाठेघर) खस्ने समस्या भएका भोजपुर र सङ्खुवासभाका विपन्न महिलाहरू लाभान्वित भएका छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोश देवले आङ खस्ने समस्या भएर पनि आर्थिक समस्याका कारण अन्यत्र गएर उपचार गर्न नसकेका महिला यसबाट लाभान्वित भएको बताए। ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला आर्थिक अवस्था कमजोर हुनुका साथै जनचेतानको अभावका कारण वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेकामा शिविरले ठूलो राहत मिलेको उनको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)