मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा पाल्पाको सभापतिमा भण्डारी

gorkhapatraonline.com · Sun Jun 07 10:58:55 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले संस्थापक सभापति भण्डारीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरेको हो।

उपसभापतिमा सोमप्रसाद गैरे (सुमन), सचिवमा हरिप्रसाद न्यौपाने, सहसचिवमा दिलिप घिमिरे चयन भएका छन् । सदस्यमा दुर्गाकुमारी अर्याल, अभिता नेपाली, दिपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध भएको निर्वाचन संयोजक महेन्द्र गुप्ताले जानकारी दिनुभयो । कोषाध्यक्ष जिल्ला कार्यसमितिले मनोनयन गर्नेछ। सभापतिमा संस्थापक उपसभापति गैरे र सभापति भण्डारीले दावी गरेका थिए । अन्तिममा सर्वसम्मत रुपमा समिति चयन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)