निजामती कर्मचारी रास्वपामा सक्रियः पहिले सदस्यता सार्वजनिक गरे, अहिले महाधिवेशनमा गए
shilapatra.com · Sun Jun 07 10:45:00 GMT 2026

झापाको पशु क्वाराइनटेन काँकडभिट्टामा कार्यरत निजामती कर्मचारी राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएका छन् । सरकारले निजामती कर्मचारीका राजनीतिक संगठन निषेध गरिरहेको बेलामा पशु क्वाराइनटेन काँकडभिट्टाका कर्मचारी मुकुन्द शिवाकोटी भने पार्टीमा सक्रिय भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइ नजिकको मत आएपछि शिवाकोटीले सदस्यता लिएका थिए । २७ चैत २०८२ मा सदस्यता लिएका उनले आफ्नो सदस्यता आफैँ सार्वजनिक गरेका थिए । आज उनै शिवाकोटी झापा जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)