मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प छैन : प्रम देउवा

khabarhub.com · Sat May 28 17:36:55 GMT 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै उनले साधन र स्रोतको सीमितताका बीच पनि स्थानीय तहको निर्वाचन समग्रतामा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताए । उनले आज प्रतिनिधिसभाको बैठकमा सरकारको आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रम सम्बन्धमा भएको छलफलमा सांसदहरूले राखेका धारणा, सरोकार, जिज्ञासा तथा सुझावहरूका विषयमा स्पष्ट पारेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)