लागूऔषधविरुद्ध सबै पक्ष एकजुट हुनुपर्छः मन्त्री चौधरी
gorkhapatraonline.com · Sun Jun 07 11:05:59 GMT 2026

मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले लागूऔषध दुव्र्यसनविरुद्धको अभियानमा सरकार प्रतिबद्ध रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
नेपाल भारतमैत्री युवा संघले आइतबार जनकपुरधामममा आयोजना गरेको ‘लागूऔषधविरुद्ध जनचेतना अभियान’ कार्यक्रममा बोल्दै वन तथा वातारणमन्त्री चौधरीले लागूऔषधको बढ्दो प्रयोग समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुभएको हो । उहाँले युवाहरूलाई दुव्र्यसनबाट जोगाउन जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मधेस प्रदेश