लघुवित्त र सहकारीले पनि रोके कर्जा
ekantipur.com · Mon Dec 20 01:20:10 GMT 2021
काठमाडौँ — वित्तीय प्रणालीमा चुलिँदै गएको तरलता संकटको प्रत्यक्ष असर लघुवित्त वित्तीय संस्था र सहकारी संघसंस्थामा पनि देखिन थालेको छ । गत सातासम्म ९० प्रतिशतभन्दा बढी लघुवित्त वित्तीय संस्थाले नयाँ कर्जा रोकेका छन् भने तरलताका सन्दर्भमा सहकारीको संस्थाको अवस्था पनि निकै दयनीय छ । आउँदा केही साता पनि वित्तीय प्रणालीमा पैसा नआए दैनिक प्रशासनिकबाहेक अन्य सबै कारोबार ठप्प गर्नुपर्ने अवस्था आएको जानकारहरूले बताएका छन् ।
तरलता अभावको विद्यमान समस्या समाधानका लागि लघुवित्त बैंकर्स संघले स्रोतको विकल्प खोजिदिन राष्ट्र बैंकलाई आग्रह गरेको छ । राष्ट्रिय सहकारी महासंघले पनि संयमित भएर अत्यावश्यक क्षेत्रमा मात्र कर्जा प्रवाह गर्न परिपत्र जारी गरेको छ । अहिले थोक कर्जाको ब्याजदर बढेर औसतमा १२ प्रतिशतसम्म पुगेको र त्यही ब्याजदरमा पनि सजिलै कर्जा पाइन छाडेको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)