बाँकेमा हुलाकी सडक विस्तार हुँदै
nagariknews.nagariknetwork.com · Sun Jun 07 11:02:16 GMT 2026

बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ।
कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब २० वटा पुल निर्माण हुने बताए। जसअन्तर्गत दाङतर्फ २२ किलोटिर सडक र १७ वटा पुलसहित रु २९ अर्ब स्रोत सुनिश्चत भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)