मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीकाे सम्भावना

shilapatra.com · Fri Jul 07 23:30:00 GMT 2023

आज सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावा-हुरी चल्ने पूर्वानुमान गरिएकाे छ । शनिबार राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने माैसमविद्ले बताएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)