विश्व फार्मासिस्ट दिवसमा फार्मासिस्टहरूको माग: कानुनी सुधार र व्यावसायिक मान्यता
swasthyakhabar.com · Mon Sep 28 08:25:45 GMT 2026

काठमाडौं- विश्व फार्मासिस्ट दिवसको अवसरमा फार्मासिस्टहरूले नेपालको औषधि क्षेत्रको सुदृढीकरणका लागि कानुनी सुधार, व्यावसायिक मान्यता तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाको उचित पहिचान हुनुपर्ने माग गरेका छन्।
दिवसको अवसरमा नेपाल फार्मेसी संघको समन्वयमा देशका सातै प्रदेशका करिब ४० जिल्लामा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, रक्तदान, स्वास्थ्य सचेतना तथा पेशागत छलफललगायतका विविध कार्यक्रम आयोजना गरी विश्व फार्मासिस्ट दिवस भव्य रूपमा मनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)