गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २०औं वार्षिकोत्सव सम्पन्न
abhiyandaily.com
काठमाडौं (अस) । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २०औं वार्षिकोत्सव सम्पन्न भएको छ । फाइनान्स सोमवार २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको हो । संस्थाले चालू आर्थिक वर्षको २०७८ चैत्र मसान्तसम्ममा रू. ७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । सोही अवधिमा रू. ६ अर्ब ११ करोड प्रवाह गरी ४ करोड ६ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले जानकारी दिएको छ । हाल संस्थाको चुक्तापूँजी रू. ९५ करोड ४ लाख र जगेडा कोषमा रू. ४५ करोड ११ लाख रहेको बताइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विगत ४ वर्षदेखि ललितपुरको बुंगमतीस्थित अपांग सेवा संघलाई खाद्यान्न सहयोग गर्दै आएको छ । २०औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोगलाई आगामी वर्षमा पनि निरन्तरता दिने सम्झौता गरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)