रोमानियाको दुई वटा ग्यास स्टेसनमा विस्फोट
lokaantar.com · Sun Aug 27 23:56:42 GMT 2023
दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५७ जना घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
पहिलो विस्फोटमा आठ जना घाइते भएका थिए भने एक जनाको हृदयाघातका कारण मृत्यु भएको थियो । मृतकको शरीरमा कुनै जलेको वा अन्य चोटपटक लागेको थिएन भने अन्य ५० जना दोस्रो विस्फोटमा घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)