पोखरा महानगरमा एमालेको अग्रता
ekantipur.com · Sat May 14 18:25:02 GMT 2022
काठमाडौँ — कास्कीको पोखरा महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ । पोखरा महानगरमा एमालेको तर्फबाट मेयरका प्रत्याशी कृष्णबहादुर थापाले ११३ मतका साथ अग्रता बनाएका हुन् ।
त्यस्तै गठबन्धन दल नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरका प्रत्याशीले १०९ मतका साथ थापालाई पछ्याइरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ११ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)