इन्ड्राइभको ‘ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न, १० महिलालाई प्रमाणपत्र
shilapatra.com · Tue Jul 28 14:22:00 GMT 2026

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले महिलालाई ड्राइभिङ पेसामा समान अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको ‘इन्ड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ ।
काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण पूरा गरेका १० जना महिलालाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । सहभागीहरूलाई सुरक्षित र आत्मनिर्भर रूपमा दुईपाङ्ग्रे सवारी सञ्चालन गर्न आवश्यक सीप, आत्मविश्वास तथा व्यावसायिक तयारीका लागि विभिन्न चरणमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)