औषधिको नाममा भारतबाट सौन्दर्य प्रसाधन सामग्री आयत, नेपालमा निर्बाध व्यापार
news24nepal.tv · Mon Sep 28 08:49:00 GMT 2026

चितवन । कानूनत: औषधी उत्पादन गर्ने अनुमति लिएको कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउन मिल्दैन । तर एक भारतीय फर्मास्युटिकल कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउँदै नेपाल निर्यात गर्ने गरेको आरोप लागेको छ । अझ नेपाली व्यवसायीहरुले त उक्त उत्पादन सौन्दर्यको नाममा औषधीजन्य सामग्री रहेको दाबी समेत गरेका छन् ।
भरतपुरमा भण्डारण गरी देशभर बिक्री–वितरण हुँदै आएका डर्मासोल ब्रान्डका विभिन्न उत्पादनको प्रकृति र आयात प्रक्रियालाई लिएर प्रश्न उठाईएको हो ।भारतबाट सौन्दर्य प्रसाधनका रूपमा नेपाल भित्र्याइएका भनिएका उत्पादन औषधिजन्या सामाग्री रहेको भन्दै व्यवसायीहरूल सरकारी निकायसँग निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)