मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जवाफदेहिताविहीन गठबन्धन

ekantipur.com · Tue Oct 03 23:44:48 GMT 2023

सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै कांग्रेस महामन्त्री गगन थापाले माओवादी नेतृत्वको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताए । उनले गठबन्धनको अर्को घटक कांग्रेसले त्यसलाई पूर्ण रूपमा समर्थन गर्नुपर्ने तर्क अघि सारेका छन् । यसले नागरिकमा सकारात्मक सन्देश गएको महसुस गर्न सकिन्छ ।

देशमा बढ्दै गएको भ्रष्टाचार कर्मचारीतन्त्रमा देखिएको बेथिति, युवाहरूको विदेश पलायन, दलका नेताहरूको आर्थिक मोह, महँगी, प्रहरी प्रशासनको कमजोर मानसिकता लगायतका अनेकौं समस्याको दलदलमा देश फस्दै गएको परिस्थितिमा महामन्त्री थापाको प्रस्ताव सान्दर्भिक देखिन्छ । यदि गठबन्धनले नै पाँच वर्ष सरकार चलाए, आलोपालो गरे वा एक्लै चलाए पनि थापाको प्रस्तावले सरकारको नागरिकप्रतिको दायित्व बढ्दै जानेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)