गण्डकीमा बजेटको अन्तिम तयारी, आकार घट्ने
farakdhar.com · Sun Jun 11 17:13:37 GMT 2023
आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आव ०८०–८१ को बजेटको आकार घट्ने भएको छ । चालू आवमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ ।
संघ सरकारले पठाएको ३३ अर्ब ८५ करोडको सीमा (सिलिङ)मा रहेर प्रदेश सरकारले बजेट निर्माणलाई अन्तिम रूप दिन लागेको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता राजेन्द्रबन्धु अर्यालले बजेटमा समावेश हुने योजना र लागत प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमबिआइएस)मा प्रविष्ट गर्ने काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)