ब्राउनसुगरसहित दुईजना पक्राउ
nepalnews.com · Sun Jun 07 11:24:09 GMT 2026

विराटनगर। मोरङको उर्लाबारी नगरपालिका ७‚ गोलचोकबाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र १-०२-०५० प १९६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक उर्लाबारी ६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि बसेका उर्लाबारी ५ का २४ वर्षीय निश्चल गुरुङका साथबाट नौ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर आइतबार बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)