मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अलैँचीको भाउ सात वर्ष यताकै उच्च

ratopati.com · Mon Aug 18 18:55:00 GMT 2025

झापा। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ ।

अलैँचीको खरिद बिक्री हुने नेपालकै ठुलो बजार बिर्तामोडमा आज प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन रु ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)