मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टाटा नेक्सन ईभीको डार्क इडिसन नेपाल ल्याइँदै

abhiyandaily.com

काठमाडौं (अस) । टाटा मोटर्सको नेक्सन ईभीको डार्क इडिसन नेपाल ल्याउने तयारी भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ कम्पनीले उक्त सवारीसाधन नेपाल ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिएको हो । भारतस्थित टाटा मोटर्सलाई निरन्तर अनुरोध गरेपछि उक्त गाडी नेपालमा पठाउन कम्पनी तयार भएको बताइएको छ ।

भारतमा उक्त गाडीको उच्च माग रहेकाले उत्पादक कम्पनीले नेपाल पठाउन नचाहे पनि निरन्तरको प्रयासले सफलता मिलेको सिप्रदी ट्रेडिङले बताएको छ । उक्त गाडी ग्राहकको रोजाइ अनुसार डार्क कलरमा डिजाइन गरिएको कम्पनीले बताएको छ । ग्राहकले सामाजिक सञ्जाल एवं विभिन्न माध्यमबाट दिएको सुझावका आधारमा गाडी डिजाइन गरिएको कम्पनीको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)