पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडीः राष्ट्रिय PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज
neplays.com · Mon Sep 28 09:52:00 GMT 2026
काठमाडौँ । नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको पावरप्याक्ड ऊर्जासँगै प्रतियोगिताको अन्तिम चरणमा महिला खेलाडीहरूको जोश, उत्साह र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । आज हुने फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि १,००० अमेरिकी डलर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)