मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यसरी बन्यो बैंक लुट्ने योजना

ekantipur.com · Mon Oct 18 01:57:36 GMT 2021

विराटनगर — व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि ऋणको भार बढ्दै गयो । झन् कोरोना सुरु भएपछि त व्यापार डामाडोल भयो । ३२ वर्षीय मुखिया ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्तामा परे । व्यापारमा डुबेको रकम चाँडो हात पार्ने उपायको खोजीमा लागे । उनै मुखियाको योजनामा एक साताअघि मोरङमा बैंक लुटपाट भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

गत सोमबार अपराह्न मोरङको धनपालथान गाउँपालिका–४, कर्सियास्थित सिटीजन्स बैंकको शाखामा लुटपाट भएको थियो । विराटनगर–८, बलुवाहीका मुखियाले भारतका पेसेवर अपराधी ल्याएर बैंक लुटेको प्रहरीको भनाइ छ । हालसम्म पक्राउ तीनमध्ये एक भारतमा हत्याका फरार अभियुक्त हुन् । पक्राउ पर्ने मुखिया र अन्य दुईमा भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)