मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा
ratopati.com · Sun Jul 20 19:43:00 GMT 2025

चितवन । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रेको काम सम्पन्न भएको छ ।
पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्रे गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्रे गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्रे गर्ने तयारी गरिएको छ । सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा गर्ने काम नाली बनाएका क्षेत्रमा भइसकेको छ । थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम बाँकी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)