रुसी सेनाविरुद्ध विद्रोह गर्ने वाग्नर समूहका प्रमुख प्रिगोजिन हवाई दुर्घटनामा मारिएको दाबी
ekantipur.com · Thu Aug 24 01:01:56 GMT 2023
काठमाडौँ — रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेका रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन विमान दुर्घटना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनाग्रस्त विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
वाग्नर भाडा समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको दाबी गरेको छ । ग्रे जोन टेलिग्राम च्यानलले पोस्ट गरेको भन्दै बीबीसीले लेखेको छ, 'रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूप' प्रिगोजिनको मृत्यु भयो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)