ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु
gorkhapatraonline.com · Thu Jun 04 13:53:46 GMT 2026

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका –६, मिर्जापुरमा बिहीबार दिउँसो ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
गडहीयाबाट मिर्जापुरतर्फ जाँदै गरेको ना ४ त ८८३४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अर्जुन साहकी छोरी पाँच वर्षीया अङ्किता साहको मृत्यु भएको हो । आधारभूत विद्यालय मिर्जापुरमा अध्ययन बालिकाको विद्यालयबाट घर फर्कदै गरेको बेला सिमेन्ट र छड बोकेको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)