छ महिनाको सुत्केरी बिदा मानव पुँजी निर्माणसँग जोडिएको विषय : मन्त्री मेहता
nagariknews.nagariknetwork.com · Mon Sep 28 11:59:29 GMT 2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले छ महिनाको सुत्केरी बिदालाई कर्मचारीलाई दिइने सुविधा मात्र नभई मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले प्रसूतिको समयमा महिलालाई पर्याप्त आराम, स्वास्थ्य पुनर्स्थापना र नवजात शिशुको उचित हेरचाहका लागि आवश्यक समय उपलब्ध गराउनुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)